काठमाडौ । काठमाडौंको चाबहिस्थित केएल टावरले दशैँतिहारको अवसरमा आयोजना गरेको ‘रमाइलो दशैँ तिहार उपहार योजना’को बम्पर उपहार विजेता रबिल तामाङ बनेका छन् ।
कम्पनीले शनिबार एक कार्यक्रमका बीच उपहार योजनाअन्तर्गतको बिजेताहरूलाई बम्पर उपहारसहित अन्य उपहार प्रदान गरिएको हो । गत असोज १ गतेदेखि कात्तिक ३० गतेसम्म सञ्चालन गरिएको सो उपहार योजनाअन्तर्गतको बम्पर उपहार कुपन नम्बर १४७७१ का तामाङले जितेका छन् । तामाङलाई सिजी मोटर्स प्रालि (हिरो)का रिजनल म्यानेजर सुवास केसीले स्कुटरको चाबी हस्तान्तरण गरे । उपहार योजनाअन्तर्गत दैनिक तथा साप्ताहिक योजनाअन्तर्गत विभिन्न उपहार राखिएको थियो भने एक जना भाग्यशाली ग्राहकलाई बम्पर उपहारस्वरूप हिरो ब्रान्डको जुम स्कुटर र अर्को एक जनालाई दोस्रो उपहारस्वरूप पाँच रात छ दिनको थाइल्याण्ड भ्रमण जित्ने मौका दिइएको थियो । मोरङको पथरीकी डेजिना लिम्बुले थाइल्याण्ड भ्रमण गर्ने अवसर पाएकी छिन् । उनलाई एशियन एक्सपिडिसन ट्राभल्सका सञ्चालक इश्वर ढकालले थाइल्याण्ड भ्रमणको कागजात हस्तान्तरण गरे ।
यस्तै, दैनिक तथा साप्ताहिक योजनामा सहभागी भई गोलाप्रथामार्फत विजेता बनेका ४४ जनालाई अल्टिमा लाइफस्टाइलका घडी तथा एयर बड्स, बाल्ट्राका घरायसी उपकरण, सफारी ब्रान्डका लगेज तथा ब्याग, वितरण गरिएको छ । केएल टावरका प्रमुख कार्यकारी अधिकृत रमेश कक्षपतिले विजेताहरूलाई उपहार हस्तान्तरण गरेका थिए । केएल टावरका सबै पसल तथा आउटलेटमा कम्तीमा एक हजार रुपैयाँ वा सोभन्दा बढीको सपिङ गर्नेहरूलाई उपहार योजनामा सहभागी गराइएको थियो । सपिङका क्रममा उपलब्ध गराइएका सबै भौचरमध्येबाट गोलाप्रथा गरी विजेता चयन गरिएको हो । सेलिब्रेसन अवधिमा केएल टावरमा करिब साढे दुई लाख उपभोक्ता पुगेकामा २० हजारभन्दा बढीले १ हजार रुपैयाँभन्दा बढी मूल्यको सामान खरिद गरी सेलिब्रेसनमा सहभागिता जनाएका थिए ।