काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले साढे तीन लाख भन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
बैंकका अनुसार तीन लाख ५१ हजार तीन सय २७ कित्ता संस्थापक सेयर बिक्री गर्नका लागि ३५ दिने सूचना जारी गरिएको हो । हाल बैंकको उक्त सेयरमा बैंककै संस्थापक सेयरधनीहरूले मात्रै आवेदन दिन पाउने छन् । सेयर किन्न इच्छुक सेयरधनीहरूले ३५ दिन भित्र कुमारी क्यापिटलको नक्सालमा रहेको नागपोखरी शाखामा वा कुमारी बैंकको प्रधानकार्यालय टंगालमा आवेदन दिनुपर्नेछ ।
विद्यमान संस्थापक सेयरधनीहरूबाट आवेदन नआएको खण्डमा आम सार्वसाधरणले खरिद गर्न पाउने गरी लिलाम बिक्री गरिने बैंकले जानकारी दिएको छ ।