काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभाश घोषणा गरेको छ । संस्थाको यही मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को लाभांश घोषणा गरेको हो । संस्थाले हाल कायम कुल चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र पाँच प्रतिशत नगद लाभांश (करसमेत) गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । लाभांश वितरण सम्बन्धी सञ्चालक समितीको बैठकले गरेको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृती एवं संस्थाको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउने छ ।