चन्द्रपुर (रौतहट) । पूर्व–पश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुरमा शुक्रबार बिहान पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ट्रक र विपरीत दिशातर्फ आउँदै गरेको कार एकापसमा ठोक्किँदा एक वृद्धको मृत्यु भएको छ ।
बाप्र ०३–००१ ख ११४८ नंको ट्रक र बा ३ च ६१९३ नंको कार ठोक्किँदा बाराको निजगढ नगरपालिका–३ सिगौल बस्ने वर्ष ७९ का वृद्ध भक्तबहादुर खत्रीको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायव उपरीक्षक रुपा लाबुङले जानकारी दिइन् ।
कार दुर्घटनामा परी घाइते भएका कार चालक दिनेश थपलिया र चन्द्रपुर–६ बस्ने डोरमणि सापकोटाको चन्द्रनिगाहपुरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालक मकवानपुरको हेटौँडा उपमहानगरपालिका–७ बस्ने ५३ वर्षीय श्यामबहादुर तितुङलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक लाबुङले बताए ।