काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश वितरणको घोषणा गरेको छ । कम्पनीको यही पुस २५ गते बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य नाफाबाट सेयरधनीलाई नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
कम्पनीका अनुसार सेयरधनीले हाल कायम चुक्ता पुँजी पाँच अर्बको १० दशमलव ५२ प्रतिशतका दरले नगद दिने प्रस्ताव गरिएको हो । सोअनुसार कुल ५२ करोड ६३ लाख १५ हजार सात सय ८९ रुपैयाँ नगद लाभांश वितरण गरिने कम्पनीले जानकारी दिएको छ । लाभांश वितरण सम्बन्धी सञ्चालक समितिको बैठकले गरेको निर्णय नेपाल बीमा प्राधिकरणले स्वीकृत गरेपछि कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण गरिने कम्पनीले जानकारी दिएको छ ।