काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले वार्षिक साधारणसभाको आह्वान गरेको छ । कम्पनीले यही पुस १९ गते विरगञ्जको होटल भिष्वामा आफ्नो २६औं वार्षिक साधारणसभा गर्न लागेको हो ।

वार्षिक साधारणसभामार्फत कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको १६ दशमलव शूृन्य पाँच प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।