काठमाडौं । कुमारी बैंकले वार्षिक साधारणसभाको आह्वान गरेको छ । बैंकको यही मंसिर २५ गते बसेको सञ्चालक समितीको बैठकले आगामी पुस ३० गते आफ्नो २५औं वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो । उक्त वार्षिक साधारणसभामार्फत कम्पनीले गत आर्थिक वर्षको वित्तीय विवरण पारित गर्ने लगायतका प्रस्तावहरू टुङ्ग्याउने तयारी गरेको छ ।