काठमाडौं । जेनेस सलुसनले विकास गरेको, एजेन्टिक एआईमा आधारित सामूहिक सञ्चार प्लेटफर्म ‘गम्प’ एक विश्व सम्मेलनका क्रममा उत्कृष्ट ५ प्रविधिको रूपमा छनौट भएको छ ।
अमेरिकाको लास भेगासमा आयोजित एडब्लूएस रिःइन्भेन्ट २०२५का दौरान, अमेजन वेब सर्भिसेज (एडब्लूएस) र अन्तर्राष्ट्रिय प्रविधि वितरक इन्ग्राम माइक्रोको संयुक्त आयोजनामा भएको एडब्लूएस सार्क ट्यांक प्रतिस्पर्धामा विश्वभरिका कम्पनीहरूले सहभागिता जनाएका थिए । जेनेस सलुसनले बैंक तथा फिनटेक संस्थाहरूलाई समयोचित, प्रासङ्गिक र व्यक्तिगत सन्देशमार्फत ग्राहकसँग प्रभावकारी ढङ्ले संलग्न हुन मद्दत गर्ने कृत्रिम बुद्धिमत्तामा आधारित गम्प प्लेटफर्म प्रस्तुत गरेको थियो । जेनेसद्वारा विकसित प्लेटफर्मलाई साना तथा मध्यम उद्यम बजारका लागि शीर्ष पाँच एजेन्टिक एआई समाधानमध्ये एकका रूपमा स्थान दिइएको हो । प्रतियोगितामा न्यूजील्यान्ड, अष्ट्रेलिया, क्यानडा र अमेरिकी कम्पनीहरूसँगै जेनेस पनि अन्तिम सूचीमा परेको थियो ।
सम्मेलनमा ५० हजारभन्दा बढी सहभागी प्रत्यक्ष उपस्थित थिए भने लाखौँले भर्चुअली सहभागिता जनाएका थिए । सम्मेलनमा एडब्लूएसले एआईमा आधारित भएर विकास गरेका अत्याधुनिक प्रविधिहरूको पनि प्रदर्शन गरिएको थियो । सम्मेलनमा एडब्लूएसले एआइमा आधारित भएर विकास गरेका जटिल र बहुदिने परियोजनाहरूमा स्वतन्त्र रूपमा काम गर्न सक्ने तीन विशेष ‘फ्रन्टियर एजेन्ट’ सार्वजनिक गरेको थियो ।