काठमाडौं । साना किसान लघुवित्त वित्तीय संस्थाद्धारा बार्षिक साधारण सभाको आव्हान गरेको छ । संस्थाले यही पुस २५ गते आफ्नो २४ औं बार्षिक साधारण सभाको आव्हान गरेको हो ।
बार्षिक साधारण सभा मार्फत संस्थाले हाल कायम रहेको पाँच अर्ब रुपैंयाँ अधिकृत पुँजीलाई बृद्धि गरेर आठ अर्ब रुपैंयाँ पुर्याउने प्रस्ताव पारित गर्नै तयारी गरेको छ । यसबाहेक हाल कायम रहेको चुक्ता पुँजी चार अर्ब ३१ करोड २६ लाख २१ हजार पाँच सय १३ रुपैंयाँ मध्येबाट १४ दशमलव २५ प्रतिशतका दरले हुन आउने ६१ करोड ४५ लाख ४८ हजार पाँच सय ६५ रुपैंयाँ बराबरको बोनश शेयर वितरण गर्नै समेतको प्रस्ताव पारित गर्नै तयारी गरेको छ ।