काठमाडौं । नेपालका लागि दीपाल र नामी इलेक्ट्रिक सवारीसाधनको आधिकारिक वितरक एमएडब्लू वृद्धिले नेपालगन्जमा डोङफेङ र दीपाल सोरुम सञ्चालनमा ल्याएको छ ।
सो सोरुम सञ्चालनमा ल्याएसँगै कम्पनीले पश्चिम नेपालमा आफ्नो उपस्थिति थप मजबुत बनाएको छ । सोरुमको उद्घाटन नाडा एसोसिएसन बाँकेका अध्यक्ष नरेन्द्रप्रसाद ओली, एमएडब्लू ग्रुप प्यासेन्जर डिभिजनका उपाध्यक्ष सन्दीप चटर्जी, एमएडब्लु वृद्धि मोटर्सका सीईओ प्रसन्न पन्त, एमएडब्लु वृद्धि अटोकर्पका सीईओ ज्ञानेन्द्र चन्द र पानास अटोमोटिभका अध्यक्ष ज्ञानेन्द्र खनालको उपस्थितिमा गरिएको थियो । नयाँ सोरुमले ग्राहकहरूलाई डोङफेङ र दीपालका पछिल्ला विद्युतीय सवारी साधनहरूको उत्कृष्ट अनुभव प्रदान गर्ने जनाइएको छ । सोरुममा आगन्तुकहरूले सवारीसाधनहरूलाई नजिकबाट नियाल्न र उत्पादनका बारेमा स्पष्ट जानकारी लिन सक्नेछन् । सोरुम उद्घाटनको एक दिनअघि नेपालगन्जमा नामी भिगो र दीपाल एस०५ सार्वजनिक गरिएको थियो, जसले नेपालका विभिन्न भागहरूमा ईभी सवारीसाधनहरूको विकल्पलाई थप विस्तार गरेको छ ।
यस्तै सोरुम उद्घाटनको अवसरमा कम्पनीले नेपालगन्जको पानास अटोमोटिभमा ’टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प’ आयोजना गरिरहेको छ । यस कार्यक्रममा ग्राहकहरूले डोङफेङ र दीपालका इलेक्ट्रिक सवारीसाधनहरूको प्रत्यक्ष अनुभव लिनुका साथै आकर्षक नगद छुट, एक्सचेन्ज बोनससहितको उत्कृष्ट मूल्यांकन, निःशुल्क चार्जर (७ किलोवाट + ३.५ किलोवाट), निःशुल्क बीमा र हरेक टेस्ट ड्राइभमा उपहारको सुविधा प्राप्त गर्न सक्नेछन् ।