काठमाडौं । आईसीएफसी फाइनान्स लिमिटेडले आफ्नो २२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाले सोमबार बौद्ध हेरिटेज, बौद्ध पिपलबोट, काठमाण्डौमा वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
उक्त साधारणसभाबाट आर्थिक वर्ष २०८१÷८२ को नाफाबाट चुक्ता पुँजीको १५ दशमलव ७८ नगद लाभांश दिने प्रस्ताव सर्वसम्मतबाट पारित गरेको छ । सभाले आर्थिक वर्ष २०८२÷८३ को लागि बाह्य लेखापरीक्षकमा ‘एसएआर एसोसिएट्स’ चार्टर्ड एकाउन्टेन्टस्लाई नियुक्त गरेको छ ।
चुक्ता पुँजी एक अर्ब १८ करोड ३४ लाख रुपैयाँ रहेको फाइनान्सले हालसम्म आफ्नो २१ वटा शाखा कार्यालयमार्फत एक लाखभन्दा बढी ग्राहकलाई अत्याधुनिक प्रविधिमार्फत बैकिङ्ग सेवा दिदैं आएको छ । साथै, संस्थाले चालु आर्थिक वर्षको असोज मसान्तसम्म २१ अर्ब ४४ करोड रुपैयाँ निक्षेप संकलन गरी १७ अर्ब ७३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको जानकारी दिएको छ ।