काठमाडौं । शेयर बजारको उकालो यात्राले साताको चौंथो कारोबार दिन आज बुधबार पनि निरन्तरता पाएको छ । अघिल्लो दिन १८ दशमलव ३७ अंकले उकालो लागेको बजार परिसुचक नेप्से आज पुन पाँच दशमलव ७० अंकले उकालो लागेर २६ सय २५ दशमलव ७० बिन्दुमा चढेको छ ।
यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव १८ अंकले उकालो लागेर चार सय ५१ दशमलव ८६ बिन्दुमा चढेको छ । धितोपत्र बजारमा यसदिन तीन सय ३२ वटा कम्पनीहरुको ५८ हजार ९६ पटकको कारोबारमा ८५ लाख ९८ हजार चार सय २४ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम चार अर्ब पाँच करोड ३७ लाख २० हजार सात सय ८२ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये निर्जीवन बीमा, होटल तथा पर्यटन र व्यापार उपसमुहको सुचक ओरालो लागेका छन् भने बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र अन्य उपसमुहको सुचक उकालो लागेका छन् ।