काठमाडौं । एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ९० लाख ९० हजार छ सय ६२ रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा भने संस्थाले ६८ हजार सात सय ९३ रुपैयाँ खुद नाफा कमाएको थियो ।
संस्थाको हाल चुक्ता पुँजी एक अर्ब ७३ करोड ९४ लाख ४० हजार रुपैयाँ रहेको छ । संस्थाले चालु आवको पहिलो त्रैमासमा दुई अर्ब ३० करोड चार लाख २२ हजार आठ सय ६५ रुपैयाँ निक्षेप संकलन गरी एक १८ अर्ब छ करोड २२ लाख २२ हजार सात सय ७३ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ३७ करोड नौ लाख ६० हजार सात सय ७३ रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा १७ दशमलव शून्य छ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा संस्थाले दुई अर्ब १० करोड २८ लाख ६३ हजार सात सय ६३ रुपैयाँ निक्षेप संकलन गरी १७ अर्ब ५६ करोड ३८ लाख नौ हजार एक सय ३५ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १७ करोड ४८ लाख ७१ हजार तीन सय १३ रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा १८ दशमलव ६८ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।