काठमाडौं । नेसनल लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाको पुस १ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई हाल कायम रहेको चुक्ता पुँजी एक अर्ब ३३ करोड १६ लाख आठ हजार पाँच सय २६ रुपैयाँ मध्येबाट १४ दशमलव २५ प्रतिशतका दरले हुन आउने १८ करोड ९७ लाख ५४ हजार दुई सय १४ रुपैयाँ बराबरको बोनश सेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७५ प्रतिशतका दरले हुन आउने ९९ लाख ८७ हजार ६३ रुपैयाँ बराबरका नगद लाभांशसमेत गरी कुल १५ प्रतिशत अर्थात् १९ करोड ९७ लाख ४१ हजार दुई सय ७८ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
लाभांश वितरण सम्बन्धी सञ्चालक समितीको बैठकले गरेको उक्त निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति एवं संस्थाको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयना आउने छ ।