काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश वितरणको घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पुँजी दुई अर्ब ९२ करोड ३० लाख ९९ हजार रुपैयाँ मध्येबाट छ प्रतिशतका दरले हुन आउने १७ करोड ५३ लाख ८५ हजार नौ सय ४० रुपैयाँ बराबरको बोनश सेयर र कर प्रयोजनको लागि शून्य दशमलव ३१ प्रतिशतका दरले हुन आउने ९२ लाख ३१ हजार एक सय ४७ रुपैयाँ गरी कुल छ दशमलव ३१ प्रतिशतका दरले हुन आउने १८ करोड ४६ लाख १७ हजार ८७ रुपैयाँ बराबरको लाभांश वितरणको घोषणा गरेको हो ।
लाभाश वितरण सम्बन्धी सञ्चालक समितीको बैठकले गरेको उक्त निर्णय नियमनकारी निकाय नेपाल बीमा प्राधिकर र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउने छ ।