काठमाडौं । एनएमबी क्यापिटल लिमिटेडले वित्तीय साक्षरता प्रदान गरेको छ । कम्पनीले विश्व लगानीकर्ता सप्ताह २०२५ को अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यही मंसिर २९ गते एनएमबी बैंक बट्टार शाखाको सहकार्यमा विदुर नुवाकोटमा अवस्थित पोष्ट बहादुर बोगटी पोलिटेक्निक इन्सिटच्यूटका विद्यार्थीहरूलार्ई लगानीसम्बन्धी जनचेतनामूलक र अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।
सोही दिन टङ्गाल, काठमाडौँमा अवस्थित टङ्गाल उच्च माध्यामिक विद्यालयका विद्यार्थीहरूलार्ई पनि लगानी सम्बन्धी जनचेतनामूलक र अन्तरक्रिया कार्यक्रम आयोजना गरेको कम्पनीले जानकारी दिएको छ । कार्यकममा विशेषतः विद्यार्थीहरूको सहभागिता रहेको थियो । कस्टुमर रिलेसनसिप, कस्टोडियन तथा डीपीका प्रमुख मनिप अधिकारी, पोर्टफोलियो अफिसर राहुल खड्का र पोर्टफोलियो सहायक विकेश बाडेले संयुक्त रूपमा नुवाकोटको कार्यक्रम सञ्चालन गरेका थिए भने स्कीम सहायकहरू– लचना शाक्य, निवेश गिरी र प्रज्वल विक्रम खड्काले संयुक्त रूपमा टङ्गालको कार्यक्रम सञ्चालन गरेका थिए ।
सहभागीहरूलाई पँुजी बजारका विभिन्न पक्ष, गतिविधिहरूबारे जानकारी गराउँदै कार्यक्रमपछि सहभागीहरूबाट सोधिएका विभिन्न जिज्ञासाहरूको सम्बोधन गरिएको थियो ।