काठमाडौं । यसअघि लगातार बढ्दै आएको शेयर बजार परिसुचक नेप्से ओरालो लागेको छ । अघिल्लो दिन पाँच दशमलव ७० अंकले उकालो लागेको बजार परिसुचक नेप्से साताको अन्तिम कारोबार दिन आज बिहिबार १० दशमलव ६६ अंकले ओरालो लागेर २६ सय १५ दशमलव शुन्य तीन बिन्दुमा खुम्चिएको छ ।
यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ६३ अंकले ओरालो लागेर चार सय ५० दशमलव २२ बिन्दुमा खुम्चिएको छ । धितोपत्र बजारमा आज तीन सय २९ वटा कम्पनीहरुको ६४ हजार २९ पटकको कारोबारमा एक करोड १२ लाख ९१ हजार चार सय एक कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम चार अर्ब ५७ करोड ७८ लाख २७ हजार नौं सय तीन रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएकोमा निर्जीवन बीमा, व्यापार र होटल तथा पर्यटन समुहको सुचक उकालो लागेका छन् । यि बाहेक बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा सहितका १० वटा उपसमुहहरुको सुचक भने ओरालो लागेका छन् ।