काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न उच्च अदालत बुटवलले आदेश दिएको छ। अदालतले २ करोड ६८ लाख रुपैयाँ जमानत बुझाएमा उनलाई थुनामुक्त गर्न निर्देशन दिएको हो।
उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार, अदालतले जमानत रकमका अतिरिक्त थप १ करोड रुपैयाँ धरौटी राख्नसमेत आदेश दिएको छ।
यसअनुसार कुल ३ करोड ६८ लाख रुपैयाँ बुझाएपछि लामिछाने थुनामुक्त हुनेछन्। अदालतको आदेशसँगै लामिछानेको रिहाइ प्रक्रिया अघि बढेको छ। यस निर्णयलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ भने रास्वपाले अदालतको आदेशको स्वागत गरेको छ।