काठमाडौं । कुमारी बैंक र विनरक इन्टरनेसनलबीच उद्यमशीलता सुदृढीकरणका लागि सम्झौता भएको छ । सेवा, प्रक्रिया अनि रणनैतिक साझेदारीमार्फत दिगो विकास प्रवद्र्धनमा प्रतिबद्ध कुमारी बैंकले उद्यमशीलता विकास तथा वित्तीय पहँुच विस्तारका लागि वीनरक इन्टरनेसनलसँग सम्झौता गरेको जनाएको छ । यस सहकार्यअन्तर्गत बैंक र विनरकले संयुक्तरुपमा लक्षित समुदायको उद्यमशीलता विकास, वित्तिय साक्षरता विकास, उद्यमीहरुको प्राविधिक तथा व्यवस्थापकीय क्षमता सुदृढीकरण र दिगो व्यावसायिक योजना निर्माणमा क्षमता विकास गर्ने छन् ।
दिगो बैंकिङ्ग, वित्तीय समावेशीकरण अनि स्थानिय उद्यम सुदृढीकरण तथा प्रवर्द्धनमा कुमारी बैंकको प्रतिबद्धतालाई पुनः प्रष्ट पार्दै दिगो बैंकिङ्ग विभागका प्रमुख श्री अर्पण पौडेल भन्नुहुन्छ, ‘यस सहकार्यमार्फत बैंक लक्षित समूहको वित्तीय समृद्धि अभिवृद्धि गर्नतर्फ निरन्तर प्रयत्नशील रहनेछ ।’
विगत २४ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको बैंकले आफ्ना देशभर रहेका तीन सय दुई वटा शाखा सञ्जाल, ५० एक्सटेन्सन काउन्टर, ४८ शाखा रहित बैंकिङ्ग इकाइहरु तथा तीन सय १७ एटीएममार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ । आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।