काठमाडौं । प्राइम कमर्सियल बैंकले लाभांश वितरणको घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट हाल कायम चुक्ता पुँजीको आठ दशमलव ४२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । घोषित लाभांशमा आठ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश रहेको छ । बैंकका अनुसार कुल एक अर्ब ६३ करोड रुपैयाँ बराबर लाभांश वितरण हुने छ ।