काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरणको घोषणा गरेको छ । संस्थाले हाल कायम चुक्ता पँुजीको पाँच प्रतिशत बोनस सेयर र सात प्रतिशत नगद लाभांश गरी कुल १२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

कम्पनीको यही पुस २ गते बसेको सञ्चालक समितिको बैठकले गरेको लाभांश वितरण सम्बन्धी निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति र संस्थाको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउने छ ।