काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले व्यतीत बीमालेखको नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा शतप्रतिशत छुट सहितको पुनर्जागरण अभियान सुरु गरेको छ । विभिन्न कारणले समयमै बीमाशुल्क भुक्तानी गर्न असमर्थ ग्राहकवर्गहरूलाई मध्यनजर गर्दै यो योजना सार्वजनिक गरेको हो ।
यस पुनर्जागरण अभियान पौष ६ गतेदेखि २८ गतेसम्म लागू हुनेछ । पुनर्जागरण अभियानअन्तर्गत बीमालेख अवधिभित्र एक पटक मात्र ब्याज छुटको सुविधा प्रदान गरिने संस्थाले जनाएको छ । व्यतीत बीमालेखमा ब्याज छुटको सुविधा लिए पश्चात छ महिना भित्रमा बीमालेख समर्पण गरेमा भने छुट पाएको सम्पूर्ण रकम भुक्तानी गराई समर्पण गरिने छ । साथै, बीमालेख परिपक्व हुन एक वर्ष वा एक वर्षभन्दा कम अवधि बाकी रहेको बीमालेखमा ब्याज छुट नपाइने व्यहोरा कम्पनीले जनाएको छ । सामान्य अवस्थामा बीमालेख व्यतीत रहँदा बीमितले रक्षावरण गुमाउनुका साथै अतिरिक्त विलम्ब शुल्क पनि भुक्तानी गर्नुपर्ने हुन्छ ।
संस्थाले सार्वजनिक गरेको पुनर्जागरण अभियानमा भने विलम्ब शुल्कमा छुटको सेवा सुविधा लिई व्यतित बीमालेख नविकरण गरी मौकाको फाइदा लिन कम्पनीले अनुरोध गरेको छ ।