काठमाडौं । धौलागिरि बिजनेस लिंक प्रालिले बाटिक शोः द फ्युजन एडिसन समारोहमा आफ्नो नयाँ ‘सेट लुङ्गी’ कलेक्सन सार्वजनिक गरेको छ ।
कम्पनीले ४० वर्षदेखि नेपाली बजारमा नयाँ डिजाइनसहित उचित मूल्यमा भरपर्दो गुणस्तरका कपडाहरु प्रदान गर्दै आइरहेको छ । द सोल्टिको मेघा–मलार हलमा निति शाहा, सनिशा भट्टराई, प्रेमा लमगाडे लगायत अन्य चर्चित मोडल अनि कलाकारले र्याम्प वाल्कसहित यस नयाँ सेटको प्रदर्शन गरेका हुन् । उक्त प्रदर्शनीमा नेपाली सांस्कृतिक पोषाक एवं परम्परालाई आधुनिक फेसनसँग मिश्रित गरी प्रास्तुत गरिएको पाइन्छ । कम्पनीको प्रतिनिधि अनुप गोयलले मौलिक नेपाली फेसनलाई झल्काउनका साथै सबैमाझ एक आरामदायी, किफायती अनि झनझटरहित सहजै लगाउन मिल्ने पोषाक लिएर आउने प्रयत्न कम्पनीले गरेको बताए ।
प्रस्तुत गरिएका डिजाइनर कपडाहरु शत प्रतिशत उच्च गुणस्तरको सुतीबाट बनाइएको उनले जानकारी दिए । यसमा वातावरणमैत्री अनि सुरक्षित डाइको प्रयोग भएको छ । दैनिक प्रयोजनका लागि सो कपडा अत्यन्तै सहज रहेको अनि यो सबै वर्गका उपभोक्ताकालागि किफायती रहेको छ । डिजाइनरहरू सनिशा जोशी, रीजा मानन्धर र लिलम चौधरीले प्रस्तुत गरेका कलेक्सनहरूमा परम्परागत बाटिकलाई आधुनिक फ्युजन सिलुएटसँग जोडिएको देख्न सकिन्थ्यो ।