काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेताहरूसँग छलफलका लागि बैठक बोलाएका छन्। शीतल निवासमा हुने उक्त छलफलमा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी हुने भएकी छन्। शीतल निवास स्रोतका अनुसार नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग हुने छलफलमा प्रधानमन्त्री कार्कीको सहभागिता रहनेछ।
प्रधानमन्त्री पद सम्हालेपछि कार्कीको शीर्ष दलका नेताहरूसँग हुने यो पहिलो औपचारिक भेट हो। बैठकमा समसामयिक राजनीतिक परिस्थिति, सरकार सञ्चालन र राष्ट्रिय सरोकारका विषयमा छलफल हुने बताइएको छ।