काठमाडौं । शेयर बजारमा सामान्य अंकले सुधार देखिएको छ । अघिल्लो दिन १३ दशमलव ८८ अंकल खुम्चिएको शेयर बजार साताको तेस्रो कारोबार दिन आज मंगलबार तीन दशमलव २७ अंकले उकालो लागेर २५ सय ८४ दशमलव ४९ बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ५७ अंंकले उकालो लागेर चार सय ४७ दशमलव ५८ बिन्दुमा चढेको छ । धितोपत्र बजारमा आज तीन सय २८ वटा कम्पनीहरुको ९२ हजार सात सय ४६ पटकको कारोबारमा ७६ लाख ६८ हजार नौं सय १५ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम तीन अर्ब ४२ करोड ९८ लाख ९३ हजार नौं सय ४२ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएकोमा छ वटा उपसमुहहरुको सुचक ओरालो लागेर बाँकी उपसमुहहरुको सुचक उकालो लागेको छ । जसमध्ये बिकास बैंक, जीवन बीमा, निर्जीवन बीमा, लगानी, सामुहिक लगानी कोष र व्यापार उपसमुहको सुचक ओरालो लाग्दा बाणिज्य बैंक, फाईनान्स, जलबिद्युत, होटल तथा पर्यटन, उत्पादनमुलक, लघुवित्त र अन्य उपसमुहको सुचक उकालो लागेका छन् ।