काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रपति भवनमा बिदाइ भेट गरेका छन् ।

सो अवसरमा नेपाल–चीन सम्बन्धका साथै आपसी हित र चासोका विषयमा उनीहरूबीच छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । राष्ट्रपतिले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकामा राजदूत छनप्रति धन्यवाद ज्ञापन गरे ।