काठमाडौं । सेयरबजारमा सामान्य अंकले सुधार देखिएको छ । सोमबार १३ दशमलव ८८ अंकल खुम्चिएको सेयरबजार मंगलबार तीन दशमलव २७ अंकले उकालो लागेर २५ सय ८४ दशमलव ४९ विन्दुमा चढेको हो । तीन सय २८ वटा सेयर ९२ हजार सात सय ४६ पटक कारोबार भए पनि ७६ लाख ६८ हजार नौ सय १५ कित्ता सेयर मात्र बिक्री भएको हो । योसँगै तीन अर्ब ४२ करोड ९८ लाखको कुल कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
१३ मध्ये यस दिन छ क्षेत्रका सूचक घटे पनि बाँकी भने बढेका छन् । यसमा विकास बैंक आठ दशमलव ९५, जीवन बीमा एक सय दुई दशमलव ८९, निर्जीवन बीमा १७ दशमलव ४५ अंकले ओरालो लागेको छ । यसबाहेक लगानी, सामूहिक लगानी कोष र व्यापार उपसमूहको सूचक पनि क्रमशः शून्य दशमलव ३५, शून्य दशमलव शून्य दुई र शून्य दशमलव २२ विन्दुले खुम्चिएका छन् ।
तर वाणिज्य बैंक एक दशमलव ३७, फाइनान्स चार दशमलव ५३, जलबिद्युत नौ दशमलव ७८ अंकले उकालो लागेको छ । यस्तै होटल तथा पर्यटन, उत्पादनमूलक, लघुवित्त र अन्य उपसमूहको सूचक पनि क्रमशः सात दशमलव ४१, २० दशमलव ८२, आठ दशमलव ४१ र २९ दशमलव ४७ विन्दुले उकालो लागेका छन् । यस दिन एसवाई प्यानल लिमिटेडले सबैभन्दा बढी कमाउँदा सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा बढी गुमाएको छ । एसवाई प्यानल नै यसदिन सबैभन्दा बढी रकम कारोबार गर्नै कम्पनीहरुको सूचीमा परेको छ ।