काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले १३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । सोअनुसार करसहित ६५ करोड १५ लाख रुपैयाँ नगद लाभांश वितरण गरिने कम्पनीको भनाइ छ । कम्पनीको हाल चुक्ता पँुजी पाँच अर्ब एक करोड रुपैयाँ रहेको छ ।

लाभांश वितरण सम्बन्धी सञ्चालक समितिको बैठकले गरेको निर्णय नियमनकारी निकाय नेपाल बीमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउने छ ।