काठमाडौं । कर्जा सूचना केन्द्रले लाभांश वितरण गर्ने भएको छ । कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको आठ प्रतिशतका दरले हुन आउने तीन करोड ४९ लाख तीन सय चार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्न लागेको हो ।

कम्पनीका अनुसार उक्त लाभांश वितरणको प्रस्ताव कम्पनीको यही पुस २८ गते हुने २१ औँ वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउने छ ।