काठमाडौं, भदौ २१
महिला सहयात्रा लघुुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा एक करोड १४ लाख ९६ हजार रुपैयाँ खुद नोक्सानी बेहोरेको छ । अघिल्लो आवको सोही अवधिमा संस्थाको यस्तो नाफा दुई करोड ७४ लाख ४३ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी १२ करोड १० लाख रुपैयाँ रहेको संस्थाले गत आवको चौथो त्रैमासिक अवधिमा ३३ करोड ४१ लाख ३६ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ४० करोड ९२ लाख ५९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा आठ करोड नौ लाख १७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ८७ लाख दुुई हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात चार दशमलव २० प्रतिशत रहेको छ ।
अघिल्लो आवको सोही अवधिमा संस्थाले २९ करोड ९४ लाख १९ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब २१ करोड ७४ लाख ६२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा आठ करोड नौ लाख २३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम दुुई करोड ४० लाख ९८ हजार रुपैयाँ रहेको संस्थामा दुई दशमलव ५५ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।