काठमाडौं । एनएमबी बैंक लिमिटेडले डिजिटल रूपान्तरणमार्फत उत्कृष्ट सेवा प्रवाह गरेबापत डिजिटल सर्भिसेज् आईसीटी अवार्ड २०२५ (इन्टरप्राइज क्षेत्र) प्राप्त गरेको छ ।
यो अवार्ड डिजिटल प्रविधिको प्रयोग गरी सार्वजनिक सेवालाई थप सहज, प्रभावकारी र पहुँचयोग्य बनाउने संस्थाहरूले प्राप्त गर्दछन् । बैंकले नयाँ डिजिटल माध्याममार्फत आफ्ना सेवाहरूलाई ग्राहकमैत्री बनाएको आधारमा यो सम्मान प्राप्त गरेको हो ।
यस उपलब्धिले एनएमबी बैंकको डिजिटल प्रबर्धन र ग्राहककेन्द्रित सेवालाई प्रतिविम्बित गर्दछ । बैंकले हाल देशभर दुई सय दुई वटा शाखा, एक सय ८४ वटा एटीएम र नौवटा एक्सटेन्सन काउन्टरहरूमार्फत आफ्ना ग्राहकहरूलाई उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।