काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इ–सेवाले बीमा योजना खरिदलाई अझ सहज बनाउँदै विशेष अफर सार्वजनिक गरेको छ । यस अफरअन्तर्गत इ–सेवाका प्रयोगकर्ताहरूले इ–सेवाबाट बीमा योजना खरिद गर्दा स्मार्ट वाच तथा स्मार्ट टिभी जित्न सक्नेछन् ।
यो अफर पौष १ गतेदेखि पौष ३० गतेसम्म सञ्चालन हुने इ–सेवाले जनाएको छ । यस अवधिमा इ–सेवा एपमार्फत जीवन बीमा, स्वास्थ्य बीमा, गैरजीवन बीमा, व्यवसाय तथा मोटर बीमा योजना खरिद र ब्लूबुक नवीकरण गर्ने प्रयोगकर्ता स्वतः पुरस्कार योजनामा सहभागी हुन सक्ने छन् । इ–सेवा एपमार्फत यी बीमा योजनाहरू घरमै बसी बसी केही क्लिकमै खरिद गर्न सकिने छ ।
यो अफरअन्तर्गत हरेक हप्ता इ–सेवामार्फत बीमा खरिद गर्ने एक जना भाग्यशाली प्रयोगकर्ताले स्मार्ट वाच जित्ने अवसर पाउने छन् भने अफर अबधि समाप्त भएपछि एक जना विजेतालाई स्मार्ट टिभी प्रदान गरिने छ । विजेताको छनौट लक्की ड्रमार्फत गरिने छ ।
डिजिटल प्रक्रिया र विश्वासिला बीमा साझेदारमार्फत बीमा योजना खरिदलाई छिटो, सुरक्षित र झन्झटमुक्त बनाएको इ–सेवाले जनाएको छ । यस अफरमार्फत इ–सेवाले प्रयोगकर्तालाई डिजिटल रूपमा बीमा योजना खरिद गर्न प्रोत्साहन गर्नुका साथै प्रयोगकर्ताको आर्थिक सुरक्षा सुनिश्चित गर्ने लक्ष्य लिएको छ ।