काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेड र होटल पार्क ल्यान्ड लिमिटेडबीच साधारण सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा होटल पार्क ल्यान्ड लिमिटेडका तर्फबाट अध्यक्ष शरद कुमार पाण्डे तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।