काठमाडौं । भेस्पा र एप्रिलियाले ‘चिसो विन्टर, तातो अफर’ नामक विशेष योजना सार्वजनिक गरेका छन् । जाडो मौसमलाई लक्षित गरी आफर सार्वजानिक गरिएको हो ।
यस अफरअन्तर्गत, भेस्पा वा एप्रिलिया स्कुटरको खरिदमा ग्राहकले सात हजार पाँच सय रुपैयाँ नगद छुट वा २ वर्षको निःशुल्क मेन्टेनेन्स प्याकेजमध्ये एक छनौट गर्न सक्नेछन् । मेन्टेनेन्स प्याकेजमा इन्जिन आयल, एयर फिल्टर, आयल फिल्टर, निःशुल्क सर्भिस र लेभर चार्ज समावेश गरिएको छ । यस योजनाले जाडो मौसममा ग्राहकहरूको खरिदलाई थप उत्साहजनक र लाभदायी बनाउने विश्वास कम्पनीले लिएको छ । यस स्कीममा आकर्षक एक्सचेन्ज लाभ पनि समावेश छ, जसमा कुनै पनि दुई–पांग्रे ब्रान्डको स्कुटरमा १० हजार रुपैयाँसम्म थप मूल्यांकन र एक्सचेन्जमा न्यूनतम ४० हजार रुपैयाँको ग्यारेन्टीड मूल्यांकन प्रदान गरिनेछ ।
स्कुटर खरिद अझ पहुँचयोग्य बनाउनका लागि, डेल्टा अटोकर्पले केवल ४.९९ प्रतिशत ब्याजदरमा ईएमआई फाइनान्स सुविधा र शून्य प्रतिशत सर्भिस चार्जको सुविधा प्रदान गर्ने जनाएको छ । थप, अफर अवधिभर हरेक स्कुटर खरिदमा निःशुल्क ब्रान्डेड हेलमेट र स्कूटर कभर प्रदान गरिनेछ । डेल्टा अटोकर्पका प्रमुख कार्यकारी अधिकृत तथा निर्देशक विजय महतोले जाडोको मौसममा न्यानो खुसी बाँड्दै यो अफर सार्वजनिक गरेको बताए । ‘प्रिमियम स्कुटर खरिदमा उल्लेखनीय बचत र भरपुर सुविधा पाउने यो नै सुनौलो समय हो । गुणस्तरीय सवारीसाधनलाई सहज र किफायती मूल्यमा उपलब्ध गराउने डेल्टा अटोकर्पको प्रतिबद्धतालाई यस अभियानले नयाँ उचाइ दिनेछ’, उनले भने । ‘चिसो विन्टर, तातो अफर’ फागुन ८ गतेसम्म सम्पूर्ण भेस्पा र एप्रिलिया शोरूमहरूमा लागू हुने जनाइएको छ ।