काठमाडौं । शैक्षिक परामर्श ब्यवसायमा फरक पहिचान बनाउन सफल कन्सल्टेक्सी क्याम्ब्रिज १५औँ वर्षमा प्रवेश गरेको छ । बागबजारमा रहेको क्याम्ब्रिज स्थापनाको १४ वर्ष पूरा गरी १५ वर्षमा प्रवेश गरेको हो ।
डेढ दशकको शैक्षिक यात्रामा क्याम्ब्रिजले दशौँ हजार विद्यार्थीहरूलाई शैक्षिक परामर्श दिइसकेको क्याम्ब्रिजका संस्थापक निर्देशक शिशिर सिंखडाले बताए । उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई सहि परामर्श दिइएकोले नै क्याम्ब्रिज आम विद्यार्थी र अभिभावकको भरोसाको केन्द्र बनेको उनको दाबी छ । यस अवसरमा क्याम्ब्रिजले उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीहरूका लागि विशेष प्याकेज घोषणा गरेको छ । १४औँ वार्षिकोत्सवको अवसरमा एक महिनाभर क्याम्ब्रिजबाट विदेश अध्ययनका लागि आवेदन दिने विद्यार्थीहरूबाट शैक्षिक परामर्श शुल्क छुट गरिएको छ । ‘डिसेम्बर २३ देखि जनवरी २३ सम्म विदेश अध्ययनका लागि आवेदन गर्ने विद्यार्थीहरूबाट कुनै पनि कन्सल्टेन्सी सेवा शुल्क लिइने छैन’, संस्थापक निर्देशक सिंखडाले भने । यसैगरी, आईएलटीएस र पिटिई अध्ययन गर्ने विद्यार्थीहरूलाई सात हजार पर्ने कोर्स दुई हजार पाँच सयमै पढाइने तथा आईएलटीएस परीक्षा मिति बुकिङमा तीन हजारदेखि चार हजारसम्मको छुट प्रदान गरिने बताइएको छ ।
क्याम्ब्रिजले अष्ट्रेलिया, बेलायत, अमेरिका, क्यानडा, जापान, युरोप, न्युजल्यान्डलगायतका देशहरूमा उच्च शिक्षाका लागि जाने विद्यार्थीहरूलाई सन्तुलित, यथार्थपरक र वस्तुनिष्ठरुपमा शैक्षिक परामर्श दिने गरेको छ ।