काठमाडौं । युनिक प्लास्टिक उद्योग लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । हेटौंडामा रहेको कम्पनीले सर्वसाधारणलाई जारी पुँजीको २० प्रतिशतका दरलेप्रति सेयर अंकित मूल्य एक सय रुपैयाँमा आईपीओ निष्काशन गर्ने तयारी गरेको छ ।
कम्पनीले सात लाख ५० हजार कित्ता सेयर निष्काशन गर्नको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको जनाएको छ । नेपाल लाइफ क्यापिटल लिमिटेड कमलपोखरीस्थित कार्यालयमा बुधबार दुई संस्थाले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्तसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौतापत्रमा युनिक प्लास्टिक उद्योगका अध्यक्ष हरिबहादुर बस्नेत र नेपाल लाइफ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मनिष घिमिरे हस्ताक्षर गरेका हुन् ।