जेरुसेलम । इजरायलले आगामी दश बर्षमा हतियार निर्माणका लागि एक खर्ब १० अर्ब अमेरिकी डलर लगानी गर्ने बताएको छ । एएफपीका अनुसार प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बुधबार स्वतन्त्र हतियार उद्योग विकास गर्न आगामी १० वर्षमा एक खर्ब १० अर्ब अमेरिकी डलर लगानी गर्ने बताएका हुन् ।
‘मैले इजरायलका लागि स्वतन्त्र हतियार उद्योग निर्माण गर्न आगामी दशकमा कुल तीन खर्ब ५० करोड शेकेल स्वीकृत गरेको छु’, नेतान्याहूले देशको दक्षिणी क्षेत्रमा रहेको हवाइ अड्डामा भएको एक सैन्य समारोहमा भने ।
उनले भने, ‘हामी कुनै पनि पक्षप्रति र साथीहरुसँग पनि निर्भरता कम गर्न चाहन्छौँ । हाम्रो रक्षा उद्योगका उत्कृष्ट दिमागहरू हतियार प्रणालीहरू विकास गर्न कडा मेहनत गरिरहेका छन् जसले भविष्यको युद्धभूमिमा इजरायलको फाइदाको ग्यारेन्टी गर्दछ ।’