काठमाडौ । नेपालमा हुन्डाई गाडीका आधिकारिक वितरक, लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘विन्टर डिलाई’ अभियान सुरु गरेको छ । यस अभियानमा हुन्डाई गाडीसँग नयाँ वर्षको सुरुवात गर्ने ग्राहकहरुलाई सीमित अवधिका लागि विविध आकर्षक छुट तथा विशेष सुविधाहरु उपलब्ध गराइनेछ ।
यस ‘विन्टर डिलाई’ अभियानअन्तर्गत, ग्राहकहरुले पाँच लाख रुपैयाँसम्मको छुट र छानिएको मोडलहरूमा एक लाख रुपैयाँसम्मको नयाँ वर्ष बोनस प्राप्त गर्न सक्नेछन् । यसका साथै, एक वर्षको निःशुल्क बीमा सेवा र निःशुल्क सडक करको पनि लाभ लिन सकिनेछ । हुन्डाईका सबै गाडीहरूमा तीन वर्षको वारेन्टी, हाई–भोल्टेज ब्याट्रीमा आठ वर्षको वारेन्टी र छ वर्षको निःशुल्क सर्भिसिङ उपलब्ध छ, जसले गुणस्तर, विश्वसनीयता र ग्राहक सन्तुष्टिप्रतिको हुन्डाईको प्रतिबद्धतालाई थप मजबुत बनाएको छ । देशभर रहेका हुन्डाई सोरूमहरूमा उपलब्ध यी सीमित अवधिका अफरहरूको भरपुर लाभ लिन हुन्डाई नेपाल आफ्ना ग्राहकहरूलाई आग्रह गरेको छ ।