काठमाडौं । ‘बिज एजुकेसन प्रस्तुत डेस्टिनेसन यूके– सिरिज २’को ग्रान्ड स्क्रिनिङ कार्यक्रम काठमाडौंमा गरिएको छ । जुपिटर मिडिया प्रालिले आयोजना गरेको कार्यक्रममा वरिष्ठ शिक्षा नेतृत्व, यूके विश्वविद्यालयका प्रतिनिधि, संस्थागत साझेदार तथा शिक्षा परामर्शदाताहरूको सहभागिता थियो ।
कार्यक्रमको सहभागीहरूलाई यूकेका विश्वविद्यालयहरूमा प्रत्यक्ष स्थलगत अनुभव, वास्तविक तथ्य र विद्यार्थी–केन्द्रित कथावाचनलाई प्राथमिकतामा राख्ने बारेमा जानकारी गराइएको थियो । कार्यक्रममा रियल ड्रिम्स एजुकेसनल कन्सल्टेन्सीका निर्देशक तथा योर्क सेन्ट जोन विश्वविद्यालयका प्रतिनिधि आर्चना यादवले परामर्श, संस्थागत पारदर्शितालगायतका बारेमा जानकारी गराएकी थिइन् । बीज एजुकेसनका संस्थापक तथा प्रबन्ध निर्देशक हरि कार्कीले बेलायती शिक्षालाई दीर्घकालीन लगानीको रूपमा व्याख्या गर्दै जिम्मेवार काउन्सिलिङ, विद्यार्थी तयारी र सूचित निर्णय प्रक्रियाको आवश्यक रहेको बताए । कार्यक्रमको शीर्ष प्रायोजक बिज एजुकेसन र पावर्ड बाइ साझेदार रियल ड्रिम्स एजुकेसनल कन्सल्टेन्सी रहेको थियो । कार्यक्रममा जुपिटर मिडिया प्रालिका प्रबन्ध निर्देशक सुनिल आचार्य, बिज एजुकेसनका निर्देशक कार्की, बैंगर विश्वविद्यालयका ग्लोबल एन्गेजमेन्ट निर्देशक सर्जिन मोनप्ले, तथा ब्रिटिस काउन्सिलका हेड अफ बिजनेस डेभलपमेन्ट सुदर्शन सुवेदी सहभागी थिए ।