काठमाडौं । क्लब चौलानी लिमिटेड र गरिमा क्यापिटल लिमिटेडबीच साधारण सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौता भएको छ । मंगलबार बूढानीलकण्ठ, काठमाडौँ स्थित होलिडे इन रिसोर्र्टमा सम्पन्न एक कार्यक्रमका बीच कम्पनीले गरिमा क्यापिटल लिमिटेडलाई सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।
सम्झौता पत्रमा क्लब चौलानी लिमिटेडका तर्फबाट अध्यक्ष राजेन्द्र केसी तथा गरिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराईज्यूले हस्ताक्षर गरेका छन् । वि.सं. २०६५ साल वैशाख २५ गते प्राइभेट लिमिटेड कम्पनीको रूपमा स्थापना भएको क्लब चौलानी लिमिटेड २०८१ साल पौष २२ गते पब्लिक लिमिटेडमा रूपान्तरण भइ सुदूरपश्चिम प्रदेशकै एक नमूना र पहिलो पाँच तारे होटलको रूपमा आफूलाई स्थापना गर्न लागेको छ । क्लब चौलानी लिमिटेडले आफ्नो जारी पुँजीको २० प्रतिशतले हुन आउने रकम आईपीओको रूपमा सर्वसाधारणको लागि निष्कासन गर्न लागेको हो । गरिमा क्यापिटल लिमिटेड गरिमा विकास बैंकको सहायक कम्पनी तथा नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो । यस संस्थाले लगानी व्यवस्थापन सेवा, डिम्याट तथा मेरो सेयर खातासम्बन्धी निक्षेप सदस्य, सामूहिक लगानी कोषको योजना व्यवस्थापन, धितोपत्र प्रत्याभूति सेवा, बिक्री प्रबन्धक, सेयर रजिस्ट्रार र संस्थागत परामर्श सेवा प्रदान गर्दै आइरहेको छ ।
गरिमा क्यापिटल लिमिटेडबाट प्रदान गरिने सेवाहरू ग्राहक समक्ष पु¥याउनका लागि गरिमा विकास बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरूमार्फत सहजिकरण गर्दैै आएको छ । यस संस्थाले आफ्ना सेवाहरू अझ परिस्कृत र ग्राहकमैत्री तवरबाट प्रवाह गर्नको निमित्त विभिन्न नविनतम प्रविधिहरूको प्रयोग गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछ । क्लब चौलानी लिमिटेड र गरिमा क्यापिटल लिमिटेडबीच साधारण सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौता भएको छ । मंगलबार बूढानीलकण्ठ, काठमाडौँ स्थित होलिडे इन रिसोर्र्टमा सम्पन्न एक कार्यक्रमका बीच कम्पनीले गरिमा क्यापिटल लिमिटेडलाई सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।
सम्झौता पत्रमा क्लब चौलानी लिमिटेडका तर्फबाट अध्यक्ष राजेन्द्र केसी तथा गरिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराईज्यूले हस्ताक्षर गरेका छन् । वि.सं. २०६५ साल वैशाख २५ गते प्राइभेट लिमिटेड कम्पनीको रूपमा स्थापना भएको क्लब चौलानी लिमिटेड २०८१ साल पौष २२ गते पब्लिक लिमिटेडमा रूपान्तरण भइ सुदूरपश्चिम प्रदेशकै एक नमूना र पहिलो पाँच तारे होटलको रूपमा आफूलाई स्थापना गर्न लागेको छ । क्लब चौलानी लिमिटेडले आफ्नो जारी पँुजीको २० प्रतिशतले हुन आउने रकम आईपीओको रूपमा सर्वसाधारणको लागि निष्कासन गर्न लागेको हो । गरिमा क्यापिटल लिमिटेड गरिमा विकास बैंकको सहायक कम्पनी तथा नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो । यस संस्थाले लगानी व्यवस्थापन सेवा, डिम्याट तथा मेरो सेयर खातासम्बन्धी निक्षेप सदस्य, सामूहिक लगानी कोषको योजना व्यवस्थापन, धितोपत्र प्रत्याभूति सेवा, बिक्री प्रबन्धक, सेयर रजिस्ट्रार र संस्थागत परामर्श सेवा प्रदान गर्दै आइरहेको छ ।
गरिमा क्यापिटल लिमिटेडबाट प्रदान गरिने सेवाहरू ग्राहक समक्ष पु¥याउनका लागि गरिमा विकास बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरूमार्फत सहजिकरण गर्दैै आएको छ । यस संस्थाले आफ्ना सेवाहरू अझ परिस्कृत र ग्राहकमैत्री तवरबाट प्रवाह गर्नको निमित्त विभिन्न नविनतम प्रविधिहरूको प्रयोग गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछ ।