काठमाडौं । नेपाली अटोमोबाइल ब्रान्ड नामीले सहारा इन्टरनेसनलनेपाल चिल्ड्रेनहोमका बालबालिकालाई आफ्नो शोरूममा भ्रमण गराएको छ ।
यो भ्रमण बालबालिकाका लागि खुसी र अर्थपूर्ण अनुभव सिर्जना गर्ने उद्देश्यले आयोजना गरिएको हो । भ्रमण अवधिभर नामी टिमले बालबालिकासँग अन्तरक्रिया गर्दै उनीहरूको अनुभवलाई रमाइलो र सम्झनलायक बनाएका थिए । बालबालिकाको खुसीलाई अझै बढाउन नामीले जलपान र उपहारको व्यवस्था पनि गरेको थियो । साथै, सान्ताक्लजसँगको रमाइलो भेटले पनि उनीहरू उत्साहित भएका थिए । समुदाय केन्द्रित गतिविधिहरूमा निरन्तर साथ दिँदै, भविष्यमा पनि यस्ता पहलहरू जारी राख्ने र जहाँ सम्भव छ त्यहाँ मुस्कान फैलाउँदै अर्थपूर्ण परिवर्तन ल्याउने कार्यमा नामी प्रतिबद्ध रहेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।