काठमाडौं । नेपाल प्रहरीले भुक्तानी सेवा प्रदायक कम्पनी इसेवालाई सम्मान गरेको छ । शान्त र सुरक्षित समाज निर्माणमा प्रहरी कार्य, अपराध अनुसन्धानका साथै साइबर सुरक्षामा योगदान दिएका कारण इसेवालाई कदर–पत्रद्वारा सम्मान गरिएको हो ।
७०औँ प्रहरी दिवस २०८२को अवसरमा बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा इसेवालाई उक्त कदरपत्र प्रदान गरिएको थियो । इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले प्रयोगकर्ताको व्यक्तिगत तथा वित्तीय सूचनाको सुरक्षा, साइबर सुरक्षा तथा नियामकीय अनुपालनमा इसेवा निरन्तर प्रतिबद्ध रहेको बताए । साथै, उनले इसेवाको शून्य सहनशीलता रहने प्रतिबद्धता पनि जनाए ।