काठमाडौं । जगदम्बा मोटर्स प्रालिअन्तर्गत सञ्चालन हुँदै आएको विद्युतीय सवारीसाधन (इभी) ब्रान्ड प्रोटोन इमासले बुटवलमा ‘एक्सचेन्ज फर एक्सेलेन्स’ योजना सार्वजनिक गरेको छ ।
यो तीनदिने एक्सचेन्ज कार्यक्रम पुस १२ देखि १४ गतेसम्म बुटवलको कालिकानगरस्थित प्रोटोन इमासको सोरुममा आयोजना हुनेछ । कार्यक्रम अवधिभर ग्राहकहरूले आफ्ना पुराना सवारीसाधन साट्न सक्नेछन् भने प्रोटोन इमासका विद्युतीय सवारीसाधनका विशेषता, सेवा, सुविधा र फाइदाबारे विस्तृत जानकारी प्राप्त गर्न सक्नेछन् । एक्सचेन्ज कार्यक्रमका अवसरमा प्रोटोन इमास ७ को सुरुआती मूल्य ४६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । प्रोटोन इमास ७ मा १६० किलोवाट क्षमताको मोटर, १८० एमएम ग्राउन्ड क्लियरेन्स तथा ४९२ किलोमिटर र ५८५ किलोमिटरसम्मको एनईडीसी रेन्ज रहेको छ । साथै, यसमा आधुनिक सुरक्षा प्रविधि, आकर्षक प्रिमियम डिजाइन र ४ हजार ६१५ एमएम लम्बाइ रहेको कम्पनीले जनाएको छ । यस विशेष एक्सचेन्ज अफरमार्फत बुटवलका ग्राहकहरूलाई आधुनिक, प्रविधिमैत्री र वातावरणमैत्री विद्युतीय सवारी साधनमा स्तरोन्नति गर्ने उत्कृष्ट अवसर प्रदान गर्ने लक्ष्य प्रोटोन इमासले लिएको छ ।