काठमाडौं । शेयर बजारमा हरियाली देखिएको छ । साताको पहिलो कारोबार दिन आज आईतबार शेयर बजार परिसुचक नेप्से ४७ दशमलव ५५ अंकले उकालो लागेर २६ सय ३३ दशमलव ४२ बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव २५ अंकले उकालो लागेर चार सय ५६ दशमलव ७८ बिन्दुमा चढेको छ । धितोपत्र बजारमा आज तीन सय २८ वटा कम्पनीहरुको ८९ हजार दुई सय ५१ पटकको कारोबारमा एक करोड ३४ लाख ६८ हजार एक सय ४५ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम पाँच अर्ब ५३ करोड १३ लाख ७० हजार ६१ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएकोमा बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका १३ वटै उपसमुहहरुको सुचक उकालो लागेर शेयर बजारमा हरियाली देखिएको छ ।