काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखिएको छ । कम्पनीले दुई जना संस्थापक सेयरधनीहरूको नाममा रहेको कुल एक लाख ४३ हजार छ सय १२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
कम्पनीले संस्थापक सेयरधनी सुनिल नारायण श्रेष्ठको नाममा रहेको एक लाख ३० हजार चार सय ४२ कित्ता र मोक्षा राज्य लक्ष्मी देवी प्रधानको नाममा रहेको १३ हजार एक सय ७० कित्ता सेयर बिक्रीमा राखेको हो । उक्त सेयर खरिदका लागि कम्पनीकै विद्यमान संस्थापक सेयरधनीहरूले आगामी ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्ने कम्पनीले जानकारी दिएको छ ।