काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको १२औँ केन्द्रीय महाधिवेशन कार्यक्रम नेपालगञ्जमा आठ सय जना भन्दा बढी कर्मचारीका बीच भव्यताका साथ पुस ११ र १२ गते सम्पन्न भएको छ । नेकपा एमालेका महासचिव शंकर पोखरेलकोले एक समारोहका बीच महाधिवेशन मूल कायक्रमको समुद्घाटन गर्नु भयो ।
संघको १२ औँ केन्द्रीय महाधिवेशन सर्वसहमत नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । अध्यक्षमा रबिन्द्र प्रसाद चौलागाईं, वरिष्ठ उपाध्यक्षमा कबिराज बराज, महासचिवमा ऋषिराम ज्ञवाली सहित ४१ सदस्यीय केन्द्रीय समिति निवार्चित भएको छ । यो महाधिवेशनले लिएको नीति र नेतृत्वले आम कर्मचारीमा उच्च मनोबल कायम गर्न कर्मचारीका साझा एजेन्डामा एकताबद्ध भइ कुशलता पूर्वक सबै समस्याको समाधान गरी राष्ट्रिय वाणिज्य बैंकको श्रीवृद्धिमा जोड दिने विश्वास लिएको छ ।
आम कर्मचारीहरुले संघमाथि देखाउनुभएको ठूलो विश्वास र भरोसालाई महाधिवेशनले केवल एउटा समिति परिवर्तनको मात्र होइन संस्थाको हित र प्रगतिको लागि संघले बोकेको संकल्पको विजयको रुपमा लिएको छ । महाधिवेशनको पूर्वसंध्यामा कर्मचारीहरुले नेपालगञ्ज नगरमा प्लेकार्ड, ब्यानरसहित प्रभातफेरी गरेका थिए ।