काठमाडौँ । नक्कली सुन दिएर पाँच लाख ठगी गर्ने गिरोहलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–५ थलीमा सुनजस्तो देखिने धातुको डल्लो दिएर रकम ठगी गर्ने गिरोहलाई प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो ।
मकवानपुर बकैया गाउँपालिकाका ५३ वर्षीय वीरबहादुर तामाङ भन्ने विवासित स्याङ्ताङ, मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाका ४५ वर्षीय सुकुमान सिंह ब्लोन, मकवानपुरकै ४८ वर्षीय राजेन्द्र तामाङ र नवलपरासीको देवचुलीका ४२ वर्षीय जितबहादुर तामाङ पक्राउ परेका छन् ।
प्रहरीले पक्राउ परेका चारै जनालाई ठगी कसुरमा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले नक्कली सुनलाई सक्कली सुन भनी ठगी गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।