काठमाडौं । चिलिमे जलविद्युत् कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले यही पुस आठ गते बसेको सञ्चालक समितिको चार सय ४९औँ बैठकले लाभांश वितरणको घोषणा गरेको हो ।
सोअनुसार कम्पनीले हाल कायम रहेको चुक्ता पुँजी आठ अर्ब ७८ करोड २३ लाख ९६ हजार आठ सय ७६ रूपैयाँ मध्येबाट कुल १२ प्रतिशतका दरले हुन आउने एक अर्ब पाँच करोड ३८ लाख ८७ हजार छ सय ३० रूपैयाँ बराबरको लाभांश वितरण गर्ने घोषणा गरेको छ । घोषित लाभांशमा चार प्रतिशतका दरले हुन आउने ३५ करोड १२ लाख ९५ हजार आठ सय ७६ रूपैयाँ बराबरको बोनस सेयर र आठ प्रतिशतका दरले हुन आउने ७० करोड २५ लाख ९१ हजार सात सय ५३ रूपैयाँ बराबरको नगद लाभांश रहेको छ । लाभांश वितरणसम्बन्धी सञ्चालक समितिको गरेको प्रस्ताव कम्पनीको यही पुस ३० गते हुने वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउने छ । वार्षिक साधारणसभासम्बन्धी प्रयोजनको लागि कम्पनीको यही पुस १७ गते एक दिन सेयर दाखिला खारेज बन्द हुने छ ।