काठमाडौं । दराज नेपालले नयाँ वर्षलाई अझ विशेष बनाउने सोचसहित दराज १.१, द नं १ सेल सार्वजनिक गरेको छ । बुधबार राति ८ बजे सुरु भई पुष २१ गतेसम्म सञ्चालन हुनेछ ।
१.१ सेल अवधिभर ग्राहकहरूले विभिन्न श्रेणीका उत्पादनहरूमा ७० प्रतिशतसम्मको फ्ल्यास सेल, ६० प्रतिशतसम्मको मेगा डिल, साथै छानिएका सामग्रीहरूमा निःशुल्क डेलिभरीको सुविधा पाउनेछन् । यस अभियानमा विशेष साझेदार अफरहरू पनि समावेश छन् । गोल्ड पार्टनर ब्राण्डहाउसकातर्फ बाट ६० प्रतिशतसम्मको छुट उपलब्ध हुनेछ । यसमा एडिदास र रिबकलगायत लोकप्रिय अन्तर्राष्ट्रिय ब्रान्डहरू समेटिएका छन् । त्यसैगरी, सिल्भर पार्टनर नाइकका तर्फबाट ५० प्रतिशतसम्मको छुट उपलब्ध हुनेछ । यो सेलको प्रमुख आकर्षणका रुपमा क्रेजी फ्ल्यास सेल पनि रहनेछ । बुधबार राति ८ बजेदेखि उपलब्ध गरिने यी डिलहरु सीमित समय र सीमित स्टकमा उपलब्ध हुनेछन् । साथै, अभियान अवधिभर दैनिक फ्ल्यास सेलमार्फत सामान्य समयभन्दा कम मूल्यमा अफरहरू पनि उपलब्ध हुनेछन् । यसले ग्राहकहरूलाई प्रत्येक दिन नयाँ छुटसहितका आकर्षक अफरको अनुभव प्रदान गर्नेछ ।
यस्तै यस अभियानमा पनि ‘बेस्ट प्राइस’ ट्याग भएका उत्पादनहरूमा दराजको २ गुणा मूल्य अन्तर फिर्ता ग्यारेन्टी लागू हुनेछ । यसअन्तर्गत, यदि नेपालभित्र कुनै अन्य अनलाइन प्लेटफर्ममा सोही उत्पादन कम मूल्यमा उपलब्ध भएमा र योग्यता सर्तहरू समेत पूरा भएमा दराजले मूल्य अन्तरको दोब्बर रकम फिर्ता गर्नेछ । छुटभन्दा पर, दराज १.१, द नं १ सेलले सहज, भरपर्दो र लाभदायक अनलाइन किनमेल अनुभव प्रदान गर्ने लक्ष्य लिएको छ । ग्राहकहरूले स्वास्थ्य तथा सौन्दर्य, फेसन, अडियो र वेयरेबल्स, फर्निचर, होम डेकोर लगायत विभिन्न श्रेणीमा आकर्षक अफरहरू अन्वेषण गर्न सक्नेछन् ।