काठमाडौं । नेपाल बीमा प्राधिकरणको सञ्चालकमा पूर्व सचिव डा. गणेश प्रसाद पाण्डेलाई नियुक्त भएका छन् । शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले डा. पाण्डेलाई प्राधिकरणको सञ्चालक समिति सदस्य पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

नेपाल बीमा प्राधिकरणका पूर्व सञ्चालकसमेत रहेका पाण्डेको कार्यकाल चार वर्षको हुने छ । पाण्डेसँग वाणिज्य, अर्थमन्त्रालय, संस्कृति मन्त्रालय लगायतमा कार्य गरेको अनुभव रहेको छ ।